
काठमाडाैं, १८ असाेज । सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेकाे छ । अमेरिकी दूतावासले एक सूचना जारी गरेर बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन खुल्ला गरिएकाे जानकारी दिएकाे हाे ।
आजबाट खुलेकाे डिभिका लागि नाेभेम्बर ७ अथवा कात्तिक २१ गते राति १० बजेर ४५ मिनेटसम्म आवेदन दिन पाइने दुतावासले जनाएकाे छ । यसका लागि निःशुल्क फाराम भर्न सकिने दूतावासले बताएकाे छ ।
डीभी आवेदन भर्दाखेरि फाेटाे पछिल्लाे ६ महिनाभित्रकाे हुनुपर्ने जनाइएकाे छ । अघिल्लो वर्षमा खिचिएको वा प्रयोग भएकाे फोटो यस वर्षको आवेदन भर्दा प्रयोग नगर्न दुतावासले सुझाएकाे छ । फोटो खिच्दा आवेदकले चश्मा लगाएर नखिच्न दूतावासले सूचनामा भनेकाे छ ।

डीभीको भर्ने माध्यम अनलाइनबाट फाराम भरेर हाे । अविवाहित भए एकजनाकाे र विवाहित भए पत्नि, छाेराछाेरीकाे विवरण भर्नुपर्छ । आवेदनमा पति–पत्नी र २१ वर्षभन्दा कम उमेरका अविवाहित सन्तानहरू जानकारी राख्न अनिवार्य गरिएकाे छ ।
दुतावासले जनाए अनुसार याेग्य आवेदकहरूबाट निष्पक्ष रूपमा छनाे गरिनेछ। आवेदन एक व्यक्तिले एउटा मात्र बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाएमा साे आवेदन अयोग्य ठहरिने जनाएकाे छ ।
याे पटक छनाेट भएकाहरूले सन् २०२५ काे सेप्टेम्बर ३० सम्म आप्रवासी भिसाकाेलागि आवेदन दिनुपर्नेछ । डिभी कार्यक्रम २०२५ काे छनाेट वर्ष २०२४ काे मे महिनामा गरिने दुतावासले जनाएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




