
काठमाडौं, १८ असाेज। सिटिजन्स बैंक इन्टरनेशनलले हिजाे बुधबारदेखि डिबेन्चर बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको ‘१०% सिटिजन्स बैंक डिबेन्चर २०९०’ (ऋणपत्र) जारी गरेको हो। डिबेन्चर जारी गरेकाे हिजाे पहिलाे दिनमा नै लगानीकर्ताले उत्साहप्रद रूपमा खरिद गरेकाे सिटिजन्स बैंकले जनाएकाे छ ।
अहिले जारी भएकाे कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता ‘प्राइभेट प्लेसमेन्ट’ र बाँकी सर्वसाधारणलाई बिक्री गरिने जनाइएकाे छ। ऋणपत्रको अंकित मूल्य रू १००० रहेकाे छ। यसमा कम्तिमा २५ कित्ता र अधिकतम सबै कित्ता खरिद गर्न सकिनेछ।
ऋणपत्र निष्कासनकाे अबधि असोज २१ गतेसम्म रहेकाे बताइएकाे छ । ताेकिएकाे समयभित्र बिक्री नभएमा कात्तिक १ गतेसम्म समय बढाइने बताइएकाे छ । बैंकले अहिले कुल ३ अर्ब बराबरको ऋणपत्र जारी गरेकाे हाे । जसबापत वार्षिक ब्याज १० प्रतिशत दिने बैककाे याेजना छ।