
दमास्कस, १९ असोज । सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ । उक्त हमलामा एक सय ९० जना घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
हमलामा परेकामध्ये कम्तीमा ६६ जनाको मृत्यु भइसकेको होम्सको चिकित्सा स्रोत तथा सरकारी एफएमहरुले पुष्टि गरेका छन् छन् । सिरियाली सेनाले एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूको दीक्षान्त समारोहपछि हतियारसहितको ड्रोनद्वारा हमला गरिएको उल्लेख गरेको छ ।
सेनाले हमलामा सैन्य कर्मचारी तथा सर्वसाधारण मारिएको तर कति हताहत भए भन्नेबारे विवरण उपलब्ध गराएको छैन । हमलामा महिला तथा बालबालिका पनि घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ । सिरियाली सेनाले आक्रमणकारीको पहिचान गर्न नसकेको भए पनि ‘ज्ञात अन्तर्राष्ट्रि पक्षहरूको समर्थनप्राप्त आतङ्ककारी’ समूहले गरेको भन्दै यसको कडा जवाफ दिने बताएको छ ।
यसैबीच सिरियाका लागि मानवअधिकार अनुगमन संस्थाले उक्त आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । आक्रमणमा सिरियाली रक्षामन्त्री पनि उक्त समारोहमा रहेको सो संस्थाले बताएको छ । आक्रमणस्थलबाट घाइतेहरूलाई एम्बुलेन्सहरूले स्थानीय अस्पतालतर्फ दौडाइरहेको देखिएको पनि उक्त संस्थाले जनाएको छ ।
सिरियाले पछिल्लो समयमा बढ्दो ड्रोन आक्रमणको सामना गर्दै आएको छ । विद्रोही समूहले सरकारी प्रतिष्ठान तथा पूर्वाधारहरूमा आक्रमण गरिरहेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




