बैंकमा ५० लाख भन्दा माथिकाे निक्षेप राख्न पान नम्बर अनिवार्य

-



     सफल आवाज    
     असाेज २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० असोज । बैक तथा बित्तिय संस्थामा निक्षेपकर्ताले ५० लाख भन्दा माथिकाे निक्षेप राख्दा अब अनिवार्य रूपमा पान नम्बर बुझाउनुपर्ने भएकाे छ । नेपाल राष्ट्र बैंककाे परिवर्तित एकीकृत निर्देशिका अनुसार याे ब्यबस्था भएकाे हाे।

संशोधित व्यवस्था अनुसार राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बित्तीय संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाखभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने बताइएकाे छ ।

त्यसैगरी एकिकृत निर्देशिका २०७९ संशोधन गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था गरेपछि घर जग्गा कारोबार समेत चलायमान हुने देखिएकाे छ । राष्ट्र बैंककाे याे संशोधित व्यवस्थाले अटो लोन समेत सहज हुने भएको छ ।

त्यस्तै राष्ट्र बैंकले व्यक्तिगत कर्जाको सिमा ५० लाख रुपैयाँसम्म प्रवाह गर्दा लोन टु भ्यालु रेसियो ५० प्रतिशत गरेको छ । यसअघि काठमाण्डौ भित्र ३० प्रतिशत र वाहिर ४० प्रतिशत थियो । अब कतिपय व्यक्तिगत कर्जाहरुलाई आंशिक रकम भुक्तान गर्न वा थप धितो दिनुपर्ने प्रेसरबाट बैकहरूलाइ राहत हुने भएको छ ।