एनएमबि क्यापिटलका २ फण्डकाे प्रतिफल वितरण गरिदै

-



     सफल आवाज    
     असाेज २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ असाेज। एनएमबि क्यापिटलको व्यवस्थापन रहेका एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन गरिएका दुई फण्डहरुका इकाईधनीहरुले प्रतिफल पाउने भएका छन्।

एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले इकाईका धनीहरुलाई प्रतिफल वितरण गर्ने भएका हुन् । एनएमबि हाइब्रिड फण्ड एल १ ले असोज २१ गते आइतबारबाट प्रतिफल वितरण गर्ने बताएकाे छ।

उता एमएनबि फिफ्टीले असोज २२ गतेदेखि प्रतिफल वितरण गर्ने जनाएकाे छ । दुबै फण्डहरुबाट इकाईधनीहरुलाई गत आर्थिक वर्षमा १५–१५ प्रतिशतकाे दरले लाभांश वितरणकाे घोषणा भएकाे थियाे ।

प्रतिफल वितरणकाे प्रयोजनका लागि असोज १२ गते एक दिनका लागि बुकक्लोज गरिएकाे थियाे । प्रतिफल प्राप्तिका लागि असाेज ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरेकाे हुनुपर्नेछ। यसरी कायम भएका इकाईधनीहरु मात्रै प्रतिफल प्राप्तिका लागि याेग्य मानिनेछन्।