
काठमाडाैं, २१ असाेज । सिटिजन्स बैंककाे ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ मा आवेदन दिने म्याद थप गरिएकाे छ। बैंकले असोज १७ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएकाे ऋणपत्रमा अब कात्तिक १ गतेसम्म आवेदन दिन सकिने भएको हाे ।
बैंकको साे ऋणपत्रकाे अवधि १० वर्ष रहेकाे छ भने वार्षिक १० प्रतिशत ब्याजदर रहेकाे छ । प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गरिएकाे हाे ।
यसबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिने भएकाे छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ। इच्छुक लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट आवेदन दिन पाइनेछ । साथै मेराे सेयर अनलाइनबाट पनि आवेदन दिन सकिने भएकाे छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।