बैकहरूको ज्यादतीविरुद्ध एकजुट हुने देशभरका रियल स्टेट व्यवसायीको घोषणा

-



     सफल आवाज    
     असाेज २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ असोज । नेपाल राष्ट्र बैंकले जग्गा व्यवसायीको घाँटी च्याप्ने निती ल्याएको भन्दै देशभरका रियल स्टेट व्यवसायीहरू बैंकहरूकाे ज्यादतीबिरुद्ध एकजुट भएर अघि बढ्ने भएका छन । काठमाडौंमा आयोजित रियल स्टेट व्यवसायीकहरूकाे वृहत भेला’मा सहभागीहरुले नेपाल राष्ट्र बैंकले व्यवसायीको घाँटी च्याप्ने निती ल्याएको भन्दै बैंकहरूकाे ज्यादतीबिरुद्ध सवै व्यवसायी एकजुट भएर अघि बढ्नु पर्ने धारणा राखेका हुन ।

नेपाल जग्गा तथा आवास महासंघका अध्यक्ष राजकुमार राईले बैकहरुले व्यवसायीलाई धारासायी बनाउने निती लिएकै कारण अहिले अर्थतन्त्र धारासायी भएको भन्दै चाडको बेला दशैं मान्न छाडेर बैंकको ज्यादतीविरुद्ध लड्नु पर्ने टिप्पणी गरे । ‘अधिकार दिएन भने लडेर पनि लिनु पर्छ ।’ उनले सरकारले रियलस्टेटलाई उद्योगको मान्यता नदिएकोमा आक्रोश व्यक्त गरे ।

नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले समेत निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण नकारात्मक रहेको टिप्पणी गरेका थिए ।

ढकालले आफु बैंकर भन्दा पनि व्यवसायी नै बढी भएकाे भन्दै उद्योग वाणिज्य महासंघमा आइसकेपछि आफुले व्यवसायीको हितमा काम गरेको स्पष्ट पारे । आफु अध्यक्षमा निर्वाचित भएको केही दिनमै सरकारले निजी व्यवसायीलाई पनि अख्तियारको दायरामा राख्ने अध्यादेश प्रतिनिधिसभामा दर्ता गरेको जानकारी दिँदै उक्त अध्यादेश अस्विकृत गराउनका लागि मरिमेटेर लागेको जानकारी दिए ।

जब अध्यादेश दर्ता भयो । ढकाललगायतका समुहले प्रधानमन्त्रीदेखि पार्टीका सचेतकहरु समेतलाई भेटेर यदि यो विधेयक पास भयो भने निजी क्षेत्र पनि सरकारी जस्तै हुन्छ निर्णय हुने कार्यान्वयन प्रकृयामा जाने भनेर सचेत गराएको जानकारी दिँदै भने ‘हामीले भनेपछि अहिले विधेयक रोकिएको छ । तर, पूर्ण भैसकेको छैन दवाव अझै जरुरी छ ।’

राष्ट्र बैंकको मौद्रिक निती र बजेट आउनु अघि व्यवसायीका हितका सन्दर्भमा सुझाव दिएको स्मरण गर्दै सुनुवाई नभएको टिप्पणी गरे । निजी क्षेत्रले दिएको सुझाब नियमनकारी निकायले नसुन्दा अहिले अर्थतन्त्र लथालिंग भएको उनले अहिले तिनै व्यक्तिले गल्ति महसुस् गरेको उनको भनाई थियो । ‘उ बेलामा हामीले भनेको सुनेनन् अहिले नियमनकारी निकायका व्यक्तिहरुलाई निजी क्षेत्रको कुरा नसुनेर गल्ति गरेछौं भन्ने महसुस् भएको छ ।’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा लगायत योजनाबद्ध रुपमा गरिने व्यवसायलाई उद्योगमा परिणत गर्नु पर्ने धारणा राख्दै यहि व्यवसायले नेपाललाई शहरीकरण गरेको धारणा राख्दै मुलुकका लागि महत्वपूर्ण व्यवसाय भएको बताए । घर जग्गा व्यवसायको हकमा राष्ट्र बैंकले सुका मोहोर बाँडेर रमिता देखाएको आरोप लगाए ।

घरजग्गा कहिल्यै मूल्य नघटने व्यवसाय भएको भन्दै मल्लले भने- अहिले बैंकमा पैसा भएपनि राष्ट्र बैंकको खराब नितीका कारण व्यवसायीले लोन नलिएको टिप्पणी गरे ‘ऋण लिएर के गर्नु कहिले टाउकोमा डण्डा बर्साउला भनेर व्यवसायी चिन्तित छन् ।’

सरकारले व्यवसायीको भाष्य नै बिगारेको भन्दै नेपाल व्यवसायी पहलका अध्यक्ष कुश कुमार जोशीले यो देश आन्दोलनले बनेको भन्दै अब व्यवसायी पनि सडकमै आउनु पर्ने बेला भएको टिप्पणी गरे । ‘शिक्षक, विद्यार्थी सबैले आन्दोलन गर्छन् राज्यलाई घच्घच्याउछन् र अधिकार पाउँछन् । हामी व्यवसाय गर्छौं राज्यलाई कर तिर्छौं आन्दोलन गर्न सक्दैनौं त्यहि भएर हेपिएका छौं ।

व्यवसायीले तिरेको करबाट तलब खाने सरकारी कर्मचारीले व्यवसायीलाई दुःख मात्रै दिएको उनको भनाई थियो । ‘सरकारी कर्मचारीले हामीले दिएको करबाट तलब खाएको कुरा बिर्सन्छन् र हामीलाई दुःख मात्रै दिन्छन् अनि कसरी काम गर्न सकिन्छ ?’ उनले प्रश्न गरे । कोभिड वा रसिया युद्धको मुलुकको अर्थतन्त्र शिथिल भएको नभई सरकारले निर्माण गरेको गलत भाष्यको उद्योग धन्दाको अवस्था यो स्थितीमा आएको उनको भनाई थियो ।