
काठमाडाैं, २२ असाेज । सानिमा बैंककाे सेयरमूल्य नेप्सेमा समायाेजन गरिएकाे छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले बैंककाे सेयरमूल्य समायोजन गरेर नयाँ दर कायम गरेकाे हाे ।
बैंककाे ९ प्रतिशत बोनस सेयर नेप्सेमार समायोजन गरिएकाे हाे । समायोज गरेपछि बैंकको सेयरमूल्य २४७ रुपैयाँ ४३ पैसा कायम भएको छ। याे मूल्य अघिल्लो दिन भएकाे काराेबारकाे अन्तिम मूल्यकाे आधारमा तय भएकाे हाे । आइतबार बैंकको सेयर प्रतिकित्ता २ सय ६९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको नेप्सेले जनाएकाे छ ।

सानिमा बैंककाे कात्तिक २ गते १९औं वार्षिक साधारण बाेलाइएकाे छ । साधारणा सभा काठमाडाैंकाे कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोलमा बाेलाइएकाे छ । सभा पूर्वान्ह ११ बजे सुरु हुने भएकाे छ।
सभामा हाल कायम रहेकाे चुक्ता पूँजीको ९ प्रतिशत बोनस तथा त्यसकाे कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांशसहित १४.७० प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ ।
यस्तै सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु माथि छलफल गरी पारित गरिने भएकाे छ।