
काठमाडौं, २२ असाेज । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर तोयाराज अधिकारी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको आइतबार बसेको २५६ बैठकले उनलाई सीईओ नियुक्त गरेको हो ।
२० वर्ष भन्दा बढीको बैंकिङ अनुभव बटुलेका अधिकारीले यसअघि बेस्ट फाइनान्स कंपनी लि, साबिक कामना विकास बैंक, साबिक कास्की फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन । हाल ४ वर्षे कार्यकालका लागि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा नियुक्त भएका उनले आजै बाट जिम्मेवारी समेत बहन गरिसकेका छन् ।
प्रमुख कार्यकारी अधिकृतमा बैंकर तोयाराज अधिकारी नियुक्त भएपछि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले बित्तिय बजारमा थप उचाइ हासिल गर्ने बाेर्डले बिश्वास लिएकाे छ ।
पुल्चोक ललितपुरमा प्रधान कार्यालय रहेकाे फाइनान्सले हाल मुख्य कार्यालय सहित देशभर रहेका २३ शाखा सञ्जालबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।