नेप्सेमा १९.०६ अंकको गिरावट, १ अर्ब २८ करोडको कारोबार

-



     सफल आवाज    
     असाेज २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ असोज । साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार पनि सेयर बजार ओरालोको यात्रामा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको छ । नेप्सेमा ०.९९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४५ अंकले घटेर ३६१.३१ विन्दुमा झरेको छ ।

१३ उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन कुल २८२ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४२ लाख ८७ हजार ४२४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २८ करोड ३१ लख ८२ हजार १४५ रुपैयाँ ३२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको २० करोड ३७ लाख ९४ हजार ९९१ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ५.८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर पव्लिक लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.६४ प्रतिशतले घटेको छ ।