दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

-



     सफल आवाज    
     असाेज २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसङ्घको सहकार्यमा एफएनसिसिआईले राजधानीमा आयोजना गरेको सातौँ दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबीच सहकार्यको आवश्यकतामा जोड दिए ।

अध्यक्ष ढकालले गरिबी घटाउने, जलवायु परिवर्तनलगायत क्षेत्रमा साझेदारीको खाँचो औँल्याउँदै निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको सम्वाहक पनि भएको बताए।

उनले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी, लैङ्गिक समानता, पूर्वाधार विकास र वातावरण संरक्षणमा निजी क्षेत्रले विशेष योगदान पु¥याइरहेको बताए।