
काठमाडाैं, २४ असाेज । प्रभु सेलेक्ट फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन गरिएकाे साे फण्डकाे प्रतिफल वितरणा गरिएकाे हाे ।
फण्डका अनुसार गत आर्थिक वर्षका लागि ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गरिने घोषणा गरिएकाे थियो। यसैकाे प्रयोजनका लागि असोज १२ गते बुकक्लोज भएकाे थियो।
यसका लागि इकाईधनीहरु असोज ११ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाहरूकाे बैंक खातामा उक्त प्रतिफल जम्मा गरिएकाे छ । फण्डले डिम्याट, बैंक खाता अध्यावधिक नभएका इकाईका धनीहरुलाई छिटाे खाताअध्यावधिक गराउन अनुरोध गरेको छ।
कोष प्रबर्धक प्रभु बैंक लिमिटेड रहेको छ भने फण्डको योजना व्यवस्थापकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




