
काठमाडौं, २४ असाेज । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। यसका लागि फन्डकाे असोज २५ गते बिहिबार बुक क्लोज हुने भएकाे छ ।
इकाईधनीहरूले आजसम्म नेपाल स्टक एक्सचेन्जमा काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरूले मात्रै फन्डले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन् ।
फण्डकाे घाेषणा गरिएकाे आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश रहेकाे छ । जाे रूपैयाँ ५ करोड १२ लाख ८८ हजार १८० रहेकाे छ ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड रहेकाे छ ।