मिर्मिरे लघुवित्तकाे एफपीओ आजदेखि खुल्ला

-



     सफल आवाज    
     असाेज २५ गते २०८० मा प्रकाशित



काठमाडाैं, २५ असाेज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि एफपीओ निष्काशन गरेकाे छ । संस्थाले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि एफपीओ खुलाएकाे हाे ।

लघुवित्तका अनुसुार रूपैयाँ १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर खुलाइएकाे हाे । यसका लागि इच्छुक लगानीकर्ताले यही असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म पूरा आवेदन पेश नभएमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ।

सेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् यसका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ।

मिर्मिरे लघुवित्तकाे रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोककाे बनेपा नगरपालिका वडा नं. ८ मा रहेकाे छ। यसकाे कार्यक्षेत्र ७७ वटै जिल्ला र शाखाहरू रहेका छन् । लघुवित्तको एक केन्द्रिय कार्यालय, ७ प्रादेशिक कार्यालय, ५ उप–प्रदेशिक कार्यालयसहित १५० वटा शाखा कार्यालयहरु छन्।