मिर्मिरे लघुवित्तकाे एफपिओमा ७५ गुणा बढी आवेदन

-



     सफल आवाज    
     असाेज २७ गते २०८० मा प्रकाशित



काठमाडाैं, २७ असाेज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपिओमा मागभन्दा बढी आवेदन परेकाे छ । लघुवित्तले असोज २५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन खुला गरेको एफपिओमा दोस्रो दिनमै मागभन्दा ७५ गुणा बढी आवेदन परेको जनाइएकाे छ ।

सिडिएससीले गराएकाे जानकारीका अनुसार साे सेयरमा ८ लाख ६ हजार ७ सय ६२ जनाले ९२ लाख ७१ हजार ४ सय २० कित्ता माग गरेका छन् ।

लघुवित्तले १ लाख २३ हजार ८ सय  १६ कित्ताका लागि आवेदन मागेकाेमा साेभन्दा बढी आवेदन परेकाे हाे । संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ खुलाएकाे हाे ।