
काठमाडाैं, २८ असाेज । नेपाल नागरिक उडड्यन प्राधिकरणले मनाङ एयर प्रालिको एयर अपरेटर सर्टिफिकेट (एओसी) अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निलम्बन गरेको छ ।
लोबुचे क्षेत्रमा भएको मनाङ एयरको एच १२५ हेलिकप्टर दुर्घटनाको छानबिन गर्न चार सदस्यीय समिति पनि गठन गरिएको छ ।प्राधिकरणले उक्त दुर्घटनाको छानविन गर्नका लागि समिति गठन गरेको हो ।
मनाङ एयरकाे हेलिकप्टर शनिबार बिहान साढे ७ बजे सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेकोमा खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरण गर्ने बेलामा दुर्घटनामा परेकाे थियाे ।
साे समयमा हेलिकप्टरमा एकजना पाइलट मात्र रहेका थिए । पाइलट प्रकाशकुमार सेडाइको तत्काल उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल काठमाडाैंमा राखिएकाे छ । उनी खतरामुक्त रहेका छन् ।
हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे गएकाे हाे । छानबिन समितिले दुर्घटनाकाे छानबिन गरेपछि के कारणले दुर्घटना भएकाे हाे त्यसकाे कारण प्रकाशमा आउनेछ ।