‘क्यान्टाबिल’ ब्रान्डकाे पाेखराकाे शाेरूम भाेलि शुभारम्भ हुदैं

-



     सफल आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित



पोखरा, २८ असाेज । भारतकाे प्रख्यात कपडा ब्रान्ड ‘क्यान्टाबिल‘काे एक्सक्लुशिभ स्टोर (शाेरूम) पाेखराकाे न्युराेडमा भाेलि सुभारम्भ हुने भएकाे छ। पाेखरा क्षेत्रका फेशन पारखीहरूलाइ लक्षित गर्दै भाेलि असोज २९ गते बिहान ११ बजे उक्त शाेरूमकाे शुभारम्भ गरिने क्यान्टाबिल ब्राण्डकाे पाेखराकाे आधिकारिक कंपनी युज इन्टरनेशनलका प्रबन्धक निराेज गाैतमले बताए।

शाेरूम शुभारम्भको अवसरमा शुरूका १ सय जना ग्राहकहरुका लागि सरप्राइज गिफ्टकाे ब्यबस्था गरेकाे छ भने अन्य सबै ग्राहकलाइ विशेष छुट अफर प्रदान गर्ने बताएकाे छ । क्यान्टाबिल ब्राण्डले पाेखराका ग्राहकलाइ एक अविस्मरणीय किनमेलकाे अनुभव प्रदान गर्ने लक्ष्य लिएकाे छ ।

क्यान्टाबिलमा पुरुष, महिला र बालबालिकाहरूका लागि उच्च गुणस्तरीय समकालीन डिजाइनहरूको पोशाक पाइनेछ। औपचारिक तथा अनौपचारिक पहिरन, जातीय पहिरन, र सामानहरू सहित कपडा विकल्पहरूको विस्तृत श्रृंखलाको साथ क्यान्टाबिलले फेशनेबल र किफायती फेशन खोज्ने ब्यक्तिका लागि क्यान्टाबिल राम्राे गन्तब्य हुने कंपनीले बिश्वास लिएकाे छ ।