
काठमाडाैं, २८ असाेज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जारि गरेकाे एफपीओमा करिब १०० गुणा बढी आवेदन पेश भएकाे छ।
एफपिओ जारी भएकाे आज चाैथाे दिनसम्ममा मागभन्दा बढी आवेदन परेको संस्थाले जनाएकाे छ। एफपीओमा १० लाख ७० हजार ७६६ जनाकाे आवेदन परेकाे छ ।
सिडिएस एण्ड क्लियरिङले दिएकाे आज बेलुका सम्मकाे तथ्य अनुसार मिर्मिरे लघुवित्तको एफपीओमा १० लाख ७० हजार ७६६ कित्ताका लागि आवेदन परेको हाे । जाे एक अर्ब २२ करोड ९८ लाख ६८ हजार रूपैयाँ बराबरको हुन आउछ । एफपीओमा आइतबारसम्म मागभन्दा ९९.३३ गुणा बढी आवेदन परेकाे छ ।
संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६.४५ कित्ता खुलाएकाे हाे । एफपीओमा लगानी गर्न चाहने लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन पाउनेछन्।
यसका लागि घटीमा १० कित्ता तथा बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने सिमा रहेकाे छ।