पेट्रोलमा ११ रुपैयाँ र डिजेलमा ५ रूपैयाँले घट्यो भाउ

-



     सफल आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित



काठमाडाैं, २८ असाेज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । घटेकाे मूल्य आइतबार राति १२ बजेपछि लागू हुने निगमले जनाएकाे छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट आज अक्टोबर १५ तारिख अर्थात असोज २८ गते नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः ११ रुपैयाँ १८ पैसा र ५ रुपैया ३ पैसा घटेर आएको छ ।

निगमले चाडपर्वको समयमा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० हाललाई यथावत रहने जनाएको छ ।

निगमले सूचना जारी गरेर असोज १६ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलको साविकको मूल्यमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलमा रुपैयाँ ५ ले घटाईएको जनाएको छ ।