
काठमाडौं, १ कात्तिक । बाह्रखरी डट कमका अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधानको अध्यक्षतामा अनलाइन मिडिया सञ्चालकले ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरेका छन् ।
सोसाइटीको उपाध्यक्षमा सेतोपाटी डटकमका अध्यक्ष तथा प्रधानसम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर डटकमका अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा क्लिकमान्डु डटकमका अध्यक्ष तथा प्रबन्धसम्पादक पुष्प दुलाल छन् ।
कार्यसमिति सदस्यमा देश सञ्चार डटकमका अध्यक्ष रविन दाहाल, रातोपाटी डट कमका सञ्चालक अर्जुन पन्त, शिलापत्र डट कमका सञ्चालक सुरेश सिम्खडा, हाम्रा कुरा डट कमका कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, विकास न्यूज डटकमका अध्यक्ष तथा प्रधानसम्पादक रामकृष्ण पौडेल, क्यापिटल नेपाल डट कमका सञ्चालक अनिता राजभण्डारी, नेपाल लाइभ डट कमका अध्यक्ष अनिल न्यौपाने छन् ।
संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल खबर डटकमका अध्यक्ष कुन्द दीक्षित तथा रातोपाटी डटकमका संस्थापक ओम शर्मालाई सल्लाहकारमा चयन गरेको छ । संस्थाको साधारण सदस्यमा नेपाल खबर डटकमका सञ्चालक तथा प्रधानसम्पादक पूर्ण बस्नेत छन् ।
डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बद्र्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहितासमेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेको सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




