गाजा अस्पतालमा हवाई आक्रमणः सयौंको मृत्यु

-



     सफल आवाज    
     कार्तिक १ गते २०८० मा प्रकाशित


An Injured child is taken into a hospital after Israeli air strike hit a hospital, according to Hamas Health Ministry in Gaza City, Gaza Strip, in this screen grab obtained from video, October 17, 2023. REUTERS/Reuters TV


गाजा, १ कार्तिक । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ । घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ ।