स्वावलम्बन लघुवित्तले १३.०१ प्रतिशत लाभांश वितरण गर्ने

-



     सफल आवाज    
     कार्तिक १ गते २०८० मा प्रकाशित



काठमाडाैं, १ कार्तिक । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेकाे छ । संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरणकाे घाेषणा गरेको हाे ।

संस्थाले हाल कायम रहेकाे चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण घाेषणा गरेकाेमा १२.३५९९ प्रतिशत बोनस सेयर रहेकाे छ । यसकाे कर प्रयाेजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांशसहित १३.०१ प्रतिशत रहेको छ।

संस्थाकाे असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा संस्थाकाे साधारण सभाबाट अनुमाेदन भएपछि वितरण गरिने भएकाे छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। बोनस सेयर वितरण भएपछि चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्ने भएकाे छ।