दसैंमा मौसम सामान्यतया सफा रहने : मौसमविद्

-



     सफल आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैंमा मौसम सफा रहने बताए। “दसैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उनले भने। महाशाखाले आज साँझ या शुक्रबार दसैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ ।

मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।