
काठमाडौं, ३ कार्तिक । माथिल्लो मैलुङखोला हाइड्रोको आइपीओ आज बिहान बाँडफाँड गरिएकाे छ । गोलाप्रथाबाट १ लाख २८ हजार ४२० जनालाई १०-१० कित्ताका दरले सेयर परेकाे छ ।
सेयरमा ११ लाख ९० हजार २९६ जनाकाे आवेदन परेकाे थियाे । उनीहरुमध्ये ११ लाख ८५ हजार ६४२ जनाको आवेदन स्वीकृत भएकाे सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएकाे छ ।
कम्पनीले गएकाे असोज १८ गतेदेखि सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर खुलाएकाे थियो । नतिजा थाहा पाउनका लागि लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्ट लग इन गर्न सकिनेछ । साथै माथिल्लो मैलुङ खोलाको वेबसाइट र सीडीएस एन्ड क्लियरिङकाे वेबपेज https://iporesult.cdsc.com.np/ बाट थाहा पाउन सकिनेछ ।