
काठमाडौं, ४ कार्तिक । नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको जनाएकाे छ । बैंकले पहिलो त्रैमासमा कर्जाकाे निक्षेप अनुपात नपुर्याएको र अन्य निर्देशन पनि नमानेकाे कारण देखाउदै ६ वटा बैंकलाई कारबाही गरेको जनाएकाे छ।
कारबाहीमा परेका बैंकहरुमा नबिल बैंक, हिमालयन बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंक रहेका छन्।
राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकले सम्पत्ति शुद्दिकरणसम्बन्धी ऐन र निर्देशन नमानेकाेले ७० लाख जरिवाना गरेकाे छ । हिमालयन बैंकले बैशाखमा निक्षेप अनुपात कायम नगरेकोले १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ जरिवाना गरिएकाे छ।
एनएमबि बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनेर प्रदान गरिएको कर्जा अन्य प्रयोजनका लागि प्रवाह गरेकोले जरिवाना गरिएको केन्द्रिय बैंकले जनाएको छ। उक्त कर्जामा दिइएकाे ब्याज अनुदानको सबै रकम ऋणीबाट फिर्ता लिएर राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिएको छ ।
एनआईसी एशिया बैंकले ग्राहकसँग बढी लिएको ब्याज ग्राहकको खातामा फिर्ता गर्न दिइएकाे निर्देशन नमानेकाे जनाइएकाे छ । निर्देशन विपरीत ब्याज बढाएको र क्यापिटल एडुकेसी फ्रेम वर्क विपरीत कर्जाको जोखिम भार कम गरी गलत रिपोर्टिङ्ग गरेको उल्लेख छ । यसका लागि राष्ट्र बैंकले एकीकृत निर्देशनको उल्लङ्घन गरेको बताउँदै सीईओ र सञ्चालक समितिलाई सचेत गराएको छ ।
नबिल बैंकले एकीकृत निर्देशन उल्लङ्घन गरेकाे र ब्याजदर बढाएको, नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिमभारित सम्पत्ति गणना नभएको जनाएकाे छ । यसरी प्रिमियम बढाएको, ऋणी ग्राहकहरुसँग त्रैमासिक लोन एडमिस्ट्रेशन फि लिएकाे र संस्थागत मुद्धती निक्षेपमा प्रकाशित ब्याजदरभन्दा कम ब्याज दिएकाे देखिएकोले बैंकले सचेत गराएको जनाएकाे छ ।
सिटिजन्स बैंकले कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको राष्ट्र बैंकले जनाएकाे छ । साथै प्रिमियम दरमा निर्देशन विपरित विभन्न पटक वृद्धि गरेकोमा सचेत गराइएको जनाइएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




