
काठमाडौं, ४ कार्तिक । नेपाल आयल निगमले दसैं बिदाका दिनहरुमा इन्धनकाे सहजताका लागि देशका ११ वटा डिपाेहरुबाट बिक्री वितरणकाे व्यवस्था मिलाएकाे जानकारी गराएकाे छ ।
निगमले इन्धन भर्नका लागि दसैं बिदामा डिपोहरु संचालन गर्ने र बिदाका दिनमा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपोहरु खुला राखेकाे जानकारी दिएकाे छ । निगमले सबै डिपाेहरुमा सम्पर्क व्यक्ति पनि ताेकेकाे छ ।
