
काठमाडौं, ५ कार्तिक । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ३९ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन । भूकम्पकाे धक्का काठमाडाैं उपत्यका र छेउछाउका जिल्लामा बढि महशुस गरिएकाे बताइएकाे छ ।
भूकम्पकाे धक्का गण्डकीकाे कास्की लगायतका जिल्लाहरूमा समेत महशुस गरिएकाे छ । पाेखरामा भूकम्प गएकाे चाल पाउने बित्तिकै मानिसहरू घर बाहिर सडकमा निस्किएका थिए ।