
काठमाडौं, ७ कार्तिक । देशका केही शिर्ष नेताहरुले यसपालि दसैंको टीका नलगाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले टीका नलगाउने भएका हुन्।
प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालकाे यसै वर्ष निधन भएकाे कारणले टीका नलगाउने भएका हुन् । अध्यक्ष ओलीकाे ठूलिआमा र नेपालका भाइ यही बर्ष बितेकाले टीका नलगाउने भएका हुन् ।
दाहालले बालुवाटारमा, ओलीले निवास बालकाेटमा र नेपालले काेटेश्वरमा रहेकाे घरमा कार्यकर्तासँग भेटघाट गर्ने याेजना रहेकाे नीजि सचिवालयले जनाएका छन् । उता नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले काठमाण्डाैमा दसैं मनाउँदैछन् ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




