
काठमाडाैं, ८ कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा छिन छिनमा भुइँचालो गइरहेको बताएका छन् । उनले राजनीतिक टिप्पणी गर्दै देशकाे बिग्रिएकाे अवस्थाका बारेमा चिन्ता व्यक्त गर्दै यसतर्फ विचार गर्न अनुराेध गरेका छन् । साथै उनले भइरहेका गतिविधबाट राम्ररी पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन्।
महाराजगञ्जस्थित निर्मल निवासमा विजया दशमीको अवसरमा सर्वसाधारणहरुलाई टिका लगाइदिँदै गर्दा उनले यस्तो बताएका हुन् । उनकाे व्यंग्य गरिएकाे भनाइ बिग्रिएकाे राजनीति माथि लक्षित थियाे । उनले भने, छिनछिनमा भुइँचालो गइरहेकाे छ तपाँइहरू विचार गरेर बस्नुहाेस्।
शाहले सम्पूर्ण देश विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईहरुमा दशैँको शुभकामना दिएका छन । धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’