हेलिकप्टर दुर्घटनामा परेका मनाङ एयरका पाइलटकाे निधन

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ कार्तिक । गएकाे असोज २७ गते हेलिकप्टर दुर्घटनामा परेर शक्त घाइते भएका मनाङ एयरका पाइटलट प्रकाश कुमार सेढाईको निधन भएको छ ।

मनाङ एयरले बिज्ञप्ती जारी गरेर उनकाे निधन भएकाे जनाएकाे हाे । सेढाइले चलाएकाे साे हेलिकप्टर सोलुखुम्बूको लुक्लाबाट लोबुचेको लागि उडेको थियाे । अवतरण गर्ने बेलामा हेलिकप्टर दुर्घटनामा परेकाे थियो ।  

दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्ररकाशलाई उपचारकाे लागि भारतको मुम्बई स्थित नेसनल बर्न सेन्टरमा लगिएको थियो । उनलाइ बचाउनका लागि चिकित्सकहरुले भरमग्दुर प्रयास गरेकाे भएपनि बचाउन नसकिएकाे मनाङ एयरले जनाएको छ ।