आजदेखि खुलेका बैंक तथा बित्तीय संस्थाहरूलाई फाइनान्सियल रिपाेर्ट बनाउने चटाराे

-



     सफल आवाज    
     कार्तिक १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० कात्तिक। हाल संचालनमा रहेका सबै बैंक तथा बित्तीय संस्थाहरू आजदेखि सुचारू भएका छन । आजबाट सार्वजनिक बिदा सकिएकाले बैंकहरू सुचारू भएका हुन।

दशैंकाे बिदामा केही बैकका शाखाहरू खुलेका भएपनि अधिकांश बैकहरू बन्द थिए । खुल्ला भएसँगै बैकहरू यतिबेला फाइनान्सियल रिपाेर्ट बनाउने चटाराेमा छन ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो त्रैमासिक फाइनान्सियल रिपाेर्ट बुझाउने म्याद १० दिन थप गरेकोले बैंकहरूले कात्तिक १७ गतेसम्म रिपाेर्ट बुझाउन पाउनेछन ।

संचालनमा रहेका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यसअघि हरेक त्रैमासको महिना सकिएकाे मितिले ७ दिन भित्र अनअडिटेड फाइनान्सियल रिपाेर्ट राष्ट्र बैंकमा बुझाउनुपर्ने नियम थियाे।

दशैकाे बिदाका कारण बैकहरूकाे सहजताका लागि यसपटक समय थप गर्दै कात्तिक १७ गतेसम्म पुर्‍याइएको थियाे । त्यसैले अबका केहिदिनमा सबै बैकका फाइनान्सियल रिपाेर्ट सार्वजनिक हुनेछन ।