कुमारी बैंककाे ऋणपत्रमा मङलबारसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     कार्तिक १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । कुमारी बैंक लिमिटेडले जारी गरेकाे ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ मा अब कात्तिक १६ गते मंगल बार सम्म आवेदन दिन सकिने भएकाे छ ।

बैंकले कात्तिक २ गतेदेखि बिक्रीमा ल्याएकाे साे ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएपछि आवेदन दिने म्याद लम्बिएकाे हाे । १० वर्षकाे अवधि रहेकाे यसमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ ।

बैंकले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गरेको हो। यसबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिने भएकाे छ । २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। सर्वसाधारणतर्फबाट १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।

इच्छुक लगानीकर्ताले घटीमा २५ कित्ता तथा बढीमा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाबाट आवेदन दिन पाइनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइने भएकाे छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।