सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १९औं वार्षिकोत्सवका अवसरमा तिलगंगा आँखा अस्पताललाई २ लाख सहयाेग

-



     सफल आवाज    
     कार्तिक १३ गते २०८० मा प्रकाशित



काठमाडाैं, १३ कात्तिक। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न कार्यक्रम गर्दै आज आफ्नो १९ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।

यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो ।

मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजना गरी बैककाे सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई रु २,००,००० (अक्षरुपी दुई लाख मात्र) रकम आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिइन।

बैंकको वार्षिकोत्सवकै अवसरमा केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए ।

बैंक संचालक समितिका अध्यक्ष उज्ज्वल सत्यालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई एक्सिलेन्स अवार्ड वितरण गरिएको थियो ।

बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरुमा पनि बैंकका सबैले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।