
काठमाडौं, १४ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ । बैंकले शेयरधनीहरुलाई वितरण गर्नका लागि यसअघि घोषणा गरेको लाभांश पारित तथा अन्य प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे ।
मंसिर ५ गते बाेलाएकाे बाईसौँ वार्षिक साधारण सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुने बैंकले जानकारी गराएकाे छ।
सभामा अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने लगायतका कार्य गर्नका लागि त्यसकाे जिम्मेवारी सन्चालक समितिलाई दिने प्रस्ताव अनुमाेदन गर्नेछ । साथै हाल कायम रहेका चुक्ता पूँजीको ४.२१ प्रतिशतले हुने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश पारित गरिने भएकाे छ । यस्तै लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु छलफल लगरि पारित गरिने भएकाे छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनकालागि कात्तिक २१ गते बुकक्लोज गर्ने जनाकारी दिएकाे छ । शेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा भाग दिनका लागि कात्तिक २० गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका धेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांशका लागि याेग्य मानिनेछन् । सक्नेछन्।