सानिमा माई हाइड्रोकाे साधारण सभा कात्तिक २३ गते

-



     सफल आवाज    
     कार्तिक १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । सानिमा माई हाइड्रोपावरले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्ने लगायतका बिभिन्न प्रस्ताव पारित गर्न यही कात्तिक २३ गते साधारण सभा बोलाएको हाे ।

कम्पनीकाे सञ्चालक समिति बैठकले सेयरधनीहरुका लागि १० प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेकाे हाे । साथै यसकाे कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांशसहित १०‍‍‍.५२६३ वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीकाे साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गरिएकाे थियाे । लगानीकर्ताले साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि असोज २३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन याेग्य हुनेछन् ।

कम्पनीले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धन गरिरहेकाे सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । याे लगायतका प्रस्तावहरुमाथि सभामा छलफल गरी पारित गरिने भएकाे छ ।