
काठमाडाैं १६ कात्तिक । सर्वसाधारणका लागि जारी गरिएकाे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएकाे छ ।
संस्थाले असोज २५ गतेदेखि ३० गतेसम्म १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ जारी गरेकाे थियाे । सेयरमा १३ लाख २१ हजार ५३६ आवेदन पेश भएका थिए । जसमध्ये १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएका र १ हजार २७६ आवेदन रद्द भएका जनाइएकाे छ ।
सेयरमा मागभन्दा बढी आवेदन परेकाेले गोलाप्रथाबाट एफपीओ बाँडफाँड गरिएको हाे । यसमा १२ हजार ३८१ जनाले एफपीओ हात पारेका छन् । बाँडफाँडकाे समयमा ६.४५ कित्ता सेयर रहेकोले पनि १२ हजार ३८१ जनामा सेयर बाँडफाँड गरिएकाे जनाइएकाे छ। यसमा ६ जनाले थप एक कित्ता र एक जनाले ०.४५ कित्ता सेयर पाए ।
एफपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा गरिएकाे हाे ।