
काठमाडाैं, १६ कात्तिक। सर्वाेच्चकाे आदेशपछि ‘मैले न्याय पाएँ’ भन्दै भारती मानन्धरले अनशन तोडेकी छन्। उनलाई उपचारका लागि वीर अस्पताल लगिएकाे छ ।
चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ उर्फ योग ढकाललाई सरकारले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि चेतनकी पत्नी भारती मानन्धरले अनशन तोडेकी हुन्। उनले रिगलकाे कैद माफीविरूद्ध सर्वोच्चमा दायर गरेकाे रिटउपर सर्वाेच्चले परमादेश जारी गर्दै थुनामा पठाउन आदेश दिएपछि उनले जुस पिएर अनशन तोडेकी हुन्।
उनी माइतीघरमा अनशनमा बसेकी थिइन । सर्वोच्चले आदेश दिने समयमा उनी सर्वोच्चमा गएकी थिइन्। सर्वोच्च अदालतले गरेकाे आदेशपछि उनले न्याय पाएको बताइन । साथै उनले सर्वोच्चलाई नमन गरिन् । अनशनमा बसेकाे कारण अस्वस्थ रहेकी उनलाई उपचारका लागि वीर अस्पतालमा लगिएको छ।
संविधान दिवसको अवसर पारेर सरकारले आममाफिकाे सिफारिस लिएर राष्ट्रपति रामचन्द्र पौडेलकहाँ लगेपछि रिगलको सजाय छुट भएकाे थियाे । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले आज रिगलको कैद माफी बदर गरेकाे हो।
सर्वोच्च अदालतले कैद सजाय मिनाहा बदर गरेकाे केहीबेरमै रिगललाई नेपालगञ्जबाट प्रहरीले पक्राउ गरिसकेको छ। प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अदालतले आदेश दिएपछि रिगललाई पक्राउ गरिएको जानकारी दिएका छन्।