
काठमाडाैं, १७ कात्तिक । गरिमा विकास बैंककाे नाफामा सुधार देखिएकाे छ । बैंककाे सार्वजनिक गरिएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र इपीएस आम्दानी गएकाे वर्षकाेभन्दा बढेकाे छ ।
यस आर्थिक वर्षको असोजसम्म बैंकले २० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४.२५ प्रतिशतले बढी देखिएकाे छ । गकाे वर्ष बैंकले १९ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंककाे खुद ब्याज आम्दानीमा सामान्य बृद्धि भएकाे छ । यसले खुद नाफा बढ्नमा सहयाेग पुगेकाे हाे । बैंकको खुद ब्याज आम्दानी ११.५७ प्रतिशतले बढेको छ । खुद फि र कमिशन १९.९६ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी १२.२९ प्रतिशत रहेकाे छ । सञ्चालन मुनाफा ४.३२ प्रतिशत बढेको पाइएकाे छ।
वितरणयोग्य नाफा ३८ करोड ६८ लाख रुपैयाँ रहेको छ । इपीएस आम्दानी ६३ पैसा बढेर १५ रुपैयाँ ५४ पैसा कायम भएकाे छ । मूल्य आम्दानी रेसियाे २३.४९ गुणा रहेको छ । नेटवर्थ १५२ रुपैयाँ ७१ पैसा छ।
चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ रहेकेा छ । जगेडा कोषमा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ रहेकाे छ। बैंकको निक्षेप १.८२ प्रतिशतले बढेको छ । कर्जामा १.२८ प्रतिशतले बढेको देखिन्छ ।