खराब कर्जा बढ्दा पनि नबिल बैंककाे मुनाफा १ अर्ब ४६ करोड

-



     सफल आवाज    
     कार्तिक १७ गते २०८० मा प्रकाशित



काठमाडौं १७ कात्तिक । नबिल बैंक लिमिटेडले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाउन सफल भएकाे छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले याे खुद नाफा कमाएकाे हाे । बैकले गत वर्षको यस अवधिमा १ अर्ब ५७ करोड खुद नाफा कमाएको थियो।

बैकद्वारा प्रकाशित रिपाेर्ट अनुसार बैककाे स्प्रेड घटेपनि खुद ब्याज आम्दानी बढेको छ। बैककाे बेसरेट ९.६८ पुगेको छ।असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत वृद्धी भएको देखिन्छ। त्यस्तै, सेवा शुल्क बापत २०.२१ प्रतिशत आम्दानी बढेको रिपाेर्टमा देखिएकाे छ।

नबिलकाे ब्याज आम्दानी बढे पनि खराब कर्जा बढ्दा बैंकको नाफा साँघुरिएको छ। बैंकले १ अर्ब ११ करोड प्रोभिजनिङ बापत छुट्याएको छ भने बैंकको कर्जा ६.२७ प्रतिशत र निक्षेप ४.५४ प्रतिशतले बढेको बैकद्वारा प्रकाशित रिपाेर्टमा उल्लेख गरिएकाे छ ।