ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड नाफा कमायाे

-



     सफल आवाज    
     कार्तिक १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ ।

बैंकले सार्वजनकि गरेको चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा ३.९१ प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब १६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । यता कर्जा लगानी भने ०.२७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५७ अर्ब ३७ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा २.२८ प्रतिशतले वृद्धि भई ४.३८ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने २४ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।