जाजरकोटमा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प

-



     सफल आवाज    
     कार्तिक १८ गते २०८० मा प्रकाशित



१८ कार्तिक, जाजरकाेट । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोट केन्द्रबिन्दु भएर राति ११ बजेर ४७ मिनेटमा सो भूकम्प गएको जानकारी दिएकाे छ ।

भूकम्पको धक्का देशैभर महसुश भएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।   उनका अनुसार मानिसको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली लागिरहेको छ ।