
काठमाडौं, २० कात्तिक। नेपालको सबैभन्दा ठुलो बाणिज्य बैंक ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।
बैंक तथा वित्तीय क्षेत्रमा दुइ दशक लामाे कार्य अनुभव भएका पोखरेललाइ बैंक संचालक समितिको आईतबार बसेको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेकाे हो ।
पाेखरेलले यस अघि आइएमई ग्रुपको बरिष्ठ उपाध्यक्षको भुमिकामा रहि कार्य सम्पादन गरिसकेका छन । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रहेर उक्त कम्पनीलाई थप उचाईमा पुर्याउन उनकाे महत्वपुर्ण भुमिका रहेकाे थियाे ।
नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठुलो बैंकमा पूनः आवद्ध भई काम गर्ने अवसर पाएकोमा खुसी ब्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन हरसमय लागिपर्ने बताए ।
मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकले हालसम्म ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुलाइ बित्तिय सेवा प्रदान गरिरहेको छ ।