जाजरकोटको रामिडाँडा केन्द्र बनाएर पुनः ५.८ म्याग्निच्युडको भूकम्प

-



     सफल आवाज    
     कार्तिक २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० कात्तिक । जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर आज फेरि अर्काे भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकाे रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको परकम्प गएकाे बताएकाे छ । 

भूकम्पको धक्का काठमाडौँ उपत्यका तथा भारत र चीनका सीमा क्षेत्रसम्म महशुस गरिएकाे छ । गएकाे शुक्रबार राति पनि रामिडाँडा केन्द्रिबन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ भने सयाै घाइते भएका छन् ।