
कुस्मा (पर्वत), २० कार्तिक । हिमालयन लायन्स क्लब, न्यू इङ्ल्याण्ड बोस्टन अमेरिकाले पर्वतमा रहेका लायन्स क्लवहरुलाई चश्मा हस्तान्तरण गरेकाे गरेको छ ।
सो क्लवबका चार्टर प्रेसिडेन्ट लायन महेश्वर पन्तले अमेरिकाबाट ल्याइएका दुई बक्स चश्मा कुस्मामा आयोजित एक समारोहबीच लायन्स क्लब अफ पर्वत चौतारीका अध्यक्ष हरिकाजी सिद्धिलाई हस्तान्तरण गरेका हुन् ।
लायन्सले गर्ने विभिन्न सामाजिक कार्यहरुमध्ये स्वास्थ्य सेवा पनि एक विधा रहेको छ । हेर्न र पढ्नका लागि सहयाेगि ति चश्माहरु अति आवश्यक परेका लक्षित समुदायमा गएर वितरण गरिने भएको छ ।
चश्मा हस्तान्तरण गर्दै हिमालयन लायन्स क्लब, न्यू इङ्ल्याण्डका चार्टर प्रेसिडेन्ट पन्तले नेपाल हुँदा नै १९९७ तिर शुरुमा पर्वत लायन्स क्लव खोलेको स्मरण गरे । उनले रिडिङका लागि सहयोग होस् भन्ने हेतुले चश्मा ल्याएको हुँ । यसका लागि समन्वय गरिदिएकोमा लायन्स क्लब अफ पर्वत चौतारीलाई आभार व्यक्त गरे ।
हामीले अमेरिकामा चश्मा बैंक खडा गरेका थियौं । त्यहाँ जम्मा भएका चश्माहरु संग्रह गरेर ल्याएको र यसले ठूलो काम गर्ने बताए । भविष्यमा पनि यस प्रकारको सहयोग गर्न आफु इच्छुक भएको उनले जानकारी दिए।
उनले पर्वतमा चन्दनी विद्यालयमा अक्षय कोष स्थापना गरेको, लाईब्रेरी खडा गरिदिएकाे र १५ सय डलर उलव्ध गराएको बताए । यस क्षेत्रमा ११ वटा विद्यालयमा यस्तो सहयाेग गरेकाे उनले बताए ।