डिप्रोक्स लघुवित्तकाे नाफा घट्याे, इपीएस कति ?

-



     सफल आवाज    
     कार्तिक २३ गते २०८० मा प्रकाशित



काठमाडाैं, २३ कात्तिक । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाकाे नाफा यस पटक केहि घटेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार खुद नाफा गएकाे आर्थिक वर्षको भन्दा घटेकाे छ।

यस आर्थिक वर्षको असोजसम्म संस्थाले ८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएकाे छ । यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा १०.९६ प्रतिशतले कमी हो । साे अवधिमा लघुवित्तकाे नाफा ९ करोड ९१ लाख ३० हजार रुपैयाँ थियाे । खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि इन्मपेरमेन्ट चार्ज बढेकाे छ । यसैकाे दबाबले खुद नाफामा कमि भएकाे हाे ।

संस्थाकाे खुद ब्याज आम्दानी ०.५३ प्रतिशतले बढेको छ । खुद फि र कमिसन आम्दानी १९.५३ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ०.२९ प्रतिशतले बढेको छ।

निष्क्रिय कर्जा ३.६८ प्रतिशत रहेकाेमा बढेर ५.१४ प्रतिशत कायम भएकाे छ। इम्पेरमेन्ट चार्जमा ४ करोड ८९ लाख रुपैयाँ व्यवस्था गरेको कारण सञ्चालन नाफा र खुद नाफामा १०.९६ प्रतिशतले गिरावट भएकाे छ ।

इपीएस पनि घटेकाे छ । यस्ताे आम्दानी ११ रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ७६ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा रहेको छ । यसकाे मूल्य आम्दानी रेसियाे ३१.१९ गुणा छ।

डिप्रोक्स लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा १ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ रहेकाे छ। याे २.७९ प्रतिशतले बढेको छ।

असोजसम्ममा संस्थाले रूपैयाँ ९ अर्ब ४ करोड १२ लाख निक्षेप गरेकाे छ । सापटीबाट रूपैयाँ ९ अर्ब ८३ करोड ३ लाख कर्जा लगानी गरेको छ।