
काठमाडौं, ५ मंसिर । भिजन लुम्बिनी उर्जा कम्पनीको सेयर आइपीओ आज बिहान बाँडफाँड गरिएकाे छ । यसमा कुल २ लाख ७ हजार ५२८ जना लगानीकर्ताले सेयर पाएका छन् । योग्य मानिएका ११ लाख ५६ हजार ९२७ आवेदकहरुबीच गाेला हालिएकाे हाे ।
उनीहरुले १० कित्ताकाे दरले सेयर हात पारेका छन् । जसमा ५ जना लगानीकर्ताले ११ कित्ताका दरले सेयर पाएका छन्। सेयरमा ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएका थिए । उनीहरुमा ४ हजार ६०२ जनाको आवेदन रद्द गरिएकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएकाे छ ।
कम्पनीले गएकाे कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका २० लाख ७५ हजार २८५ कित्ता सेयर आइपीओ जारि गरेकाे थियाे । बाँडफाँड गरिएकाे सेयरकाे नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट थाहा पाउन सकिने भएकाे छ ।
यस्तै भिजन लुम्बिनी उर्जा कम्पनीको वेबसाइट र सीडीएस एन्ड क्लियरिङकाे वेबसाइट https://iporesult.cdsc.com.np/ मा गएर नतिजा थाहा पाउन सकिन्छ ।