मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ देखि सेयर जारी गर्ने

-



     सफल आवाज    
     मंसिर ५ गते २०८० मा प्रकाशित


^


काठमाडौं, ५ मंसिर। मुक्तिनाथ विकास बैंकको मुख्य लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले यही मंसिर ८ गतेबाट सेयर जारी गर्ने भएको छ। कृषिमा लगानी र अनुसन्धान गर्ने उदेश्यले स्थापना भएकाे याे कम्पनीले सर्वसाधारणबाट शेयर जारीपश्चात १४ करोड रकम संकलन गर्नेछ।

मुक्तिनाथ कृषि कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेकाे छ। यसको २० प्रतिशतले हुन अाउने बराबरकाे सेयर जारी गर्न लागेको हो। सेयर खरिद गर्ने अवधि मंसिर १२ गतेसम्म राखिएकाे बताइएकाे छ ।

कम्पनीले रू १०० अंकित मूल्य मै सेयर  जारी गर्नेछ। शेयर खरिद गर्न कम्तिमा १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बताइएकाे छ।