चिनियाँ विदेशमन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने

-



     सफल आवाज    
     मंसिर ९ गते २०८० मा प्रकाशित



बेइजिङ, ९ मङ्सिर । चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिदैछन्।

कोरियाको बुसानमा नोभेम्बर २६ देखि शुरु हुने सो बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने, परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार जानकारी दिए ।