सांग्रिला र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर १० गते २०८० मा प्रकाशित



काठमाडाैं, १० मंसिर । आज दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ। सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साेमबार मंसिर ११ गते बुकक्लोज गर्ने भएका छन्।

बैंकले बुक क्लाेजकाे मिति तय गरिसकेकाेले दुबै बैंकहरूले वितररण गर्ने लाभांश तथा साधारणा सभामा भाग लिनका लागि सेयरधनीहरूले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयरकाे काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले यही मंसिरकाे २४ गते १९औँ वार्षिक साधारण सभा बाेलाएकाे छ। बैंकले सभा काठमाडाैं लैनचौरस्थित लैनचाैर ब्याङ्क्वेटमा बाेलाएकाे हाे । साधारण सभा पूर्वान्ह ११ बजे सुरू हुनेछ ।

सभाबाट ५ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांशसहित ५.२६३ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त मािनएका बैंक तथा वित्तीय संस्थाहरुसंगकाे गाभ्ने गाभिने कार्य गर्नका लागि त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिइने भएकाे छ । साथै लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरुमािथ छलफल गरी पारित गरिने भएकाे छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर २३ गते १५औँ साधारण सभा बाेलाएकाे छ । सभा रूपन्देही मणिग्राममा रहेकाे ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बोलाइएको छ। साधारणा सभा पूर्वान्ह ११ बजे सुरू हुनेछ।

सभाबाट १०.५० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांशसहित ११.०५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।

यस्तै सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि कार्य गर्नका लागि त्यसकाे अख्तियारी सञ्चालक समिति दिनेछ । साथै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरुमाति छलफल गरी पारित गरिने भएकाे छ ।