ताेकिएकाे समयमा वित्तीय विवरण नबुझाउने जलविद्युत् र लघुवित्त सहितका ८८ कम्पनी कारबाहीमा

-



     सफल आवाज    
     मंसिर १३ गते २०८० मा प्रकाशित



काठमाडाैं, १३ मंसिर । नेपाल धितोपत्र बोर्ड (सेबाेन)ले ताेकिएकाे समयमा वित्तीय विवरण नबुझाउने ८८ कम्पनीहरूलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक वित्तीय विवरण ढिलो गरेर बुझाउने र विवरण नबुझाएका कम्पनीहरूलाई जरिवाना गरिएकाे छ।

कारबाहीमा परेका कम्पनीहरूमा ६९ कम्पनीले ढिलाे गरेर वित्तीय विवरण बुझाएका पाइएकाे छ । उनीहरूलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँले जरिवाना गरेकाे छ ।

यस्तै वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई प्रति कम्पनी १ लाख रुपैयाँका दरले जरिवाना गरिएकाे छ । वित्तीय विवरण बुझाउन ढिलाे गर्नेहरूमा धेरैजसाे जलविद्युत् र लघुवित्त वित्तीय संस्थाहरू रहेका छन् ।

वित्तीय विवरण नबुझाउने ८८ कम्पनीहरू